प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता फेरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २० पुस । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएर नयाँ प्रवक्ता तोकेको छ ।

गलत सूचना दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा पन्थीलाई हटाएर कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीराम शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

दुई दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका प्रवक्ता पन्थीको हवाला दिँदै विभिन्न सञ्चार माध्यमले सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोकेको समाचार संप्रेषण गरेपछि देउवा रुष्ट बनेका थिए । प्रवक्ता पन्थीले भने आफूले प्रदेशको अस्थायी मुकाम तोकेको भनेर कहिल्यै कुनै सञ्चार माध्यममा नबोलेको दाबी गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);