सात वटै प्रदेशको अस्थायी राजधानीको नाम प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सात वटै प्रदेशको अस्थायी राजधानीको नाम प्रस्ताव

काठमाडौँ, १८ पुस । सरकारले सात वटै प्रदेशको अस्थायी सदरमुकामको नाम तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी सदरमुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा अस्थायी सदरमुकामको खाका तयार गरिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी सदरमुकाम तोकिएको छ ।

शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने बताएपछि सरदमुकाम राख्नका लागि ठाउँको प्रस्ताव गरेको हो । सरकारले अस्थायी रुपमा तोकेका यी सदरमुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्ने कानुनी व्यवस्था छ । संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले सदरमुकाम तोक्न सक्ने अधिकार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);