केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

manab bechbikhan

काठमाडौं, ३ जेठ । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।

उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);