भारतमा हराएका ४ जना नेपाली बालबालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा हराएका ४ जना नेपाली बालबालिकाको उद्धार

रुपन्देही । भारतमा हराएका ४ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । प्रवासी मित्र मंच नेपाल, भारत र मानव कल्याण मित्रमंच नेपालको सहयोगमा उद्धार गरि नेपाल फिर्ता ल्याईएको छ ।

४ बालबालिकामध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा वडाध्यक्ष मार्फत् आफन्तको जिम्मा लगाइएको छ । एक जनालाई केही दिनका लागि रुपन्देहीको कोटिहवास्थित बालगृहमा राखिएको छ । बिभिन्न प्रलोभनमा परेर नेपाली बालबालिकाहरु भारत जाने गरेका छन् ।

प्रवासी मित्र मंचले अहिलेसम्म भारतमा अलपत्र परेका दुई हजार बढी बालबालिकाको उद्धार गरिसकेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);