केयर बालगृहमा रहेका ११ जना बालबालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

केयर बालगृहमा रहेका ११ जना बालबालिकाको उद्धार

काठमाडौं, २१ साउन । काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले बुधबार उद्धार गरेको छ । परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बूढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र वडा कार्यालयको रोहबरमा बालबालिको उद्धार गरेको हो।

बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीसहितको रोहबरमा ११ बालबालिकाको उद्धार गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

बालगृहमा रहेका १५ मध्ये १८ वर्ष माथिकालाई उतै छोडेको कार्कीले बताए। राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको जानकारी दिनुभयो । परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिनुभयो ।

यो बालगृह पुष्पा अधिकारीले संचालन गरेकी हुन् । पुष्पाले केही दिन पहिले एक शिशुलाई कार्टुनमा चौरमा भेटिएको भन्ने कुरो नक्कली नाटक रहेको खुलेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);