नेपालमा अझै पनि सडक बालबालिकाको अवस्था दयनीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपालमा अझै पनि सडक बालबालिकाको अवस्था दयनीय

काठमाडौं, ६ मंसिर । नेपालमा अझै सडक बालबालिकाको अवस्था दयनीय रहेको छ । सडक बालबालिका हटाउने प्रयासमा सरकार लागे पनि सफलता मिल्न सकेको छैन । परिवारको संरक्षण पाउन नसक्दा सडक बालबालिकाको संख्यामा बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७४/ ७५ मा नेपालभरका ४६ जिल्लाहरुमा ५सय ३३ बालगृहमा १४ हजार ८ सय ६४ बालबालिका संरक्षणमा रहेका छन् । २०७३ वैशाख २७ गतेदेखि गत असारसम्ममा राष्ट्रिय बालअधिकार परिषदले काठमाडौंमा मात्रै १ हजारभन्दा बढी बालबालिका उद्धार गरिसकेको छ ।

यो आर्थिक बर्षमा हालसम्म २ सय भन्दा बढी बालबालिका संरक्षित भएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्यांक छ । प्रधानमन्त्रीको निर्देशन बमोजिम अब सडकलाई बालबालिका मुक्त बनाउन राष्ट्रिय बालअधिकार परिषद लागि परेकोछ।

बालबालिका खोजतलास केन्द्रले यो बर्ष मात्रै १४५ बालक र ७३ बालिका गरी जम्मा २ सय १८ बालबालिकालाई सडकबाट उठाएर संरक्षण प्रदान गरेको छ । सडक बालबालिका विशेषगरी लागु इन्जेक्सनको प्रयोग गर्ने, फोहोरको डङ्गुरमा सुत्ने, लागु औषध सेवन गर्ने, तथा सडकमै सुत्ने गर्छन् ।

यी बालबालिकालाई सडक बालबालिका तथा खोजतलाश केन्द्रले अवस्था हेरी राष्ट्रिय बालअधिकार परिषद भित्र दर्ता भएका बालगृहमा पठाउने गरेको छ । उनीहरुलाई ठेगाना खुलेपछि परिवारमा पठाउने गरेको बालबालिका खोजतलास केन्द«ले जनाएको छ ।

बालबालिकालाई सडकमा आउन नदिन ३ सय ६५ दिननै सुरक्षा दिनुपर्ने र आमावुवा नै सचेत हुनुपर्ने सडक बालबालिको संरक्षणमा सक्रिय माइती नेपालकी सञ्चालक अनुराधा कोइराला बताउनुुहुन्छ ।

हाल ५ बर्ष मुनिका १७ र ५ देखि १८ बर्षमुनिका २ सय ७५ वेसाहरा बालबालिका माइती नेपालमा संरक्षित छन् । यस्ता बालबालिका परिवारको संरक्षण नपाएर सडकमा आउन बाध्य हुन्छन् । यसकारण उनीहरु सडकमा आउनुभन्दा पहिले नै रोक्नुपर्ने सरोकारवालाको भनाई छ ।

बालबालिकाको हक हित र अधिकारको सुनिश्चिताको लागि नेपाल सरकारको संवैधानिक, कानुनी नीतिगत व्यवस्था गरेको छ । गैरसरकारी संस्था, सञ्चार माध्यमहरु बाल अधिकारको रक्षाका लागि सक्रिय छन् । तथापि निष्कर्षमा भने आधारभूत शिक्षाको कमी र नीति, नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु नै सडक बालबालिकाको संरक्षणमा बाधा बनीरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);