कपिलवस्तुको सगरमाथा खाद्य स्टाेरमा शीलबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कपिलवस्तुको सगरमाथा खाद्य स्टाेरमा शीलबन्दी

कपिलवस्तु, ७ मंसिर । राजस्व अनुसन्धान कार्यालय बुटवलले विशेष सुराकीको अधारमा कपिलवस्तुको सगरमाथा खाद्य स्टोरलाई शिल गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले यशोधरा गाँउपालिका–५ मुडिला चोकमा रहेको उक्त खाद्य स्टोरलाई शिल गरेको हो ।

राजस्वको टोली खाद्य स्टोरमा पुग्दा संचालकहरु सम्पर्कमा नआएको र २ वटा कोठा खोलेर हेर्दा मटर र छोकराको बोरामात्र फेला परेको अन्य ४ ओटा कोठामा ताला लगाइएको अवस्थामा भेटेपछि ६ वटा कोठा शिल गरेको बताएको छ ।

उक्त गोदाम निरीक्षणको लागि पुगेको राजस्वको टोलीले आफुहरु पुगेको समयमा संचालकहरुले ताला लगाएर गएकोले मुचुल्का टाँस गरी सम्पर्क गर्नका लागि अग्रह समेत गरेको छ ।

साथै कोठाहरु बन्द रहेकोले खाद्य स्टोरमा के कती खाद्य पदार्थ छ र कस्तो अवस्थामा छ भन्ने जानकारी लिन नसकेको कार्यालयको भनाई छ ।
godam silbandi1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);