कपिलबस्तुको सगरमाथा खाद्य स्टोरमा शिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कपिलबस्तुको सगरमाथा खाद्य स्टोरमा शिल

बुटवल, ७ मंसिर । राजस्व अनुसन्धान कार्यालय बुटवलले बिशेष सुराकीको अधारमा कपिलबस्तुको सगरमाथा खाद्य स्टोरलाई शिल गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले यशोधरा गाँउपालिका–५ मुडिला चोकमा रहेको उक्त खाद्य स्टोरलाई शिल गरेको हो । राजस्वको टोली खाद्य स्टोरमा पुग्दा संचालकहरु सम्पर्कमा नआएको र २ वटा कोठा खोलेर हेर्दा मटर र छोकराको बोरामात्र फेला परेको अन्य ४ ओटा कोठामा ताला लगाइएको अवस्थामा भेटेपछि ६ वटा कोठा शिल गरेको बताएको छ ।

उक्त गोदाम निरीक्षणको लागि पुगेको राजस्वको टोलीले आफुहरु पुगेको समयमा संचालकहरुले ताला लगाएर गएकोले मुचुल्का टाँस गरी सम्पर्क गर्नका लागि आग्रह समेत गरेको छ । साथै कोठाहरु बन्द रहेकोले खाद्य स्टोरमा के कती खाद्य पदार्थ छ र कस्तो अवस्थामा छ भन्ने जानकारी लिन नसकेको कार्यालयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);