नयाँ बानेश्वरको संगम मिठाई पसलमा शिल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नयाँ बानेश्वरको संगम मिठाई पसलमा शिल

काठमाडौं, १६ असोज । सरकारले नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा शिल गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुवै शील गरेको हो ।

मंगलबार अनुगमन टोलीले सो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँ बानेश्वरस्थित विक्री वितरण केन्द्र दुवैको अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडर लगायतका कच्चा सामग्रीहरुको परिक्षण गरेको थियो ।

परिक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्पाएर’ गरिएको पाउडरको समेत प्रयोग भएको पाइएपछि सो मिठाई पसल शील गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । विभागले सो पसललाई खाद्य ऐन अन्तरगत कार्वाही गर्ने बताएको छ ।

सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौं लगायत देशभरका मुख्य मुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य बस्तु मिसाएको पाइएमा त्यस्ता बस्तु उत्पादन केन्द्रमाथि कडा कार्वाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिए ।

विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई तिब्रता दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);