गुणस्तरहीन मिठाई बेच्ने पसल कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गुणस्तरहीन मिठाई बेच्ने पसल कारबाहीमा

mithai

काठमाडौं, ९ कात्तिक । सुन्धारास्थित शालिमार हस्पिटालिटीको गुलाब ब्रान्ड र त्रिपुरेश्वरस्थित बागमती स्विट्समा भेटिएको बिनालेबल र बिग्रिएका अखाद्य वस्तु नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँ महानगरपालिका तथा उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोलीले शुक्रबार ती पसलको अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको हो ।

खाद्य प्रविधि विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले अनुगमनका क्रममा भेटिएका सडेगलेका मिठाई बनाउने सामग्री नष्ट गरिएको जानकारी दिनुभयो । शालिमार हस्पिटालिटीअन्तर्गतको गुलाब ब्रान्डको उद्योगले मिठाई बनाउन प्रयोग गरेको कीरा लागेको २६ केजी बेसनको पिठो र १० केजी म्याद सकिएको बेसन जफत गरेर नष्ट गरेको हो ।

यस्तै मिठाई बनाउने स्थान निकै फोहोर राखिएको भन्दै अनुगमन टोलीले गुलाब मिठाई पसलको उद्योगको मुचुल्का उठाएर थप कारबाहीका लागि विभागमा बुझाउने तयारी गरेको अनुसन्धान अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);