महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

mahara adalat

काठमाडौं, ९ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो ।

सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्तभएको जानकारी दिए । उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय हुने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ खनालले भने । उनले प्रतिवेदन अध्ययन नगरेकाले थप टिप्पणी गर्न नसकिने बताए ।

महानगरीय प्रहरी परिसर स्रोतका अनुसार महरामाथि मुलुकी अपराध संहिताको दफा २१९ मा उल्लेखित ‘जबर्जस्ती करणी’ को प्रयास गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । दफा २२३ अनुसार एउटै कार्यालयमा कार्यरत कर्मचारीमाथि करणी प्रयासको आरोपमा पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । ‘हरेक कसुरको प्रयास (यसलाई कानुनी भाषामा उद्योग गरेको भनिन्छ) मा छुट्टै सजाय व्यवस्था आवश्यक छैन ।

संहिताको दफा ३४ मा कसुरको प्रयास गरेको तर कसुर सफल नभएको भए आधा सजाय हुने भनी सबै कसुरका हकमा आकर्षित हुने व्यवस्था गरेको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जीवकुमार रेग्मीले भने, ‘संहिताले कसुर मानेको हरेक अभियोगको आधा सजाय त्यसको उद्योगको अभियोगमा हुन्छ । तर जिल्लाले हेरिरहेको कुनै घटनाबारे चाहिँ सुरुमै हाम्रो टिप्पणी रहँदैन ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);