महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता : सात वर्ष कैद सजायको मागदाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता : सात वर्ष कैद सजायको मागदाबी

mahara adalatma

काठमाडौं, १५ कात्तिक । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । संघीय संसद्मा कार्यरत एक महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा महराविरुद्ध मुलुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसुर गरेको अभियोगको मागदाबी गरिएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ)मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर, दफा ३४ को ३ मा कसुरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुनेछ । यसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि पाँच वर्षको कैद सजाय माग दाबी गरेको छ ।

महरा सार्वजनिक ओहोदामा बसेको व्यक्ति भएकाले उनलाई थप बढी सजाय माग दाबी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको हुँदा उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरिएको छ ।

महराले संघीय संसद्को सभामुखको दुरुपयोग गरी कसुर गरेकाले उनीविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए । सरकारी वकिल कार्यालयले यी दुवै कसुर जोडेर पाँचदेखि सात वर्षसम्म कैद सजाय हुनुपर्ने माग दाबी रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);