प्रहरीले महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रहरीले महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो

mahara adalatma

काठमाडौं, ८ कात्तिक । प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले २० दिन लगाएर तयार पारेको राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको हो। महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ।

अब प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलयले मुद्दा चलाउने वा नचलाउने भन्नेमा निर्णय गर्नेछ। महरालाई २०७६ असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।

गत असोज १२ गते राति संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीमा किटानी जाहेरी परेको थियो। घटनाको दुईदिनपछि असोज १४ गते महराले पदबाट राजीनामा दिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);