नेपाली कांग्रेस भित्र गुटगत किचलो कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली कांग्रेस भित्र गुटगत किचलो कायमै

congress metting

तेजना पण्डित
काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेस भित्र मौलाउँदै गएको गुटको प्रभाब केन्द्रीय समिति बैठकमा पनि परेको छ । उपनिर्वाचनको विषयलाई लिएर गुटगुटबीच कुरा नमिल्दा कात्तिक ६ गते बोलाइएको बैठक बस्नै सकेन । मंसिर १४ मा हुने उप निर्वाचनका लागी उम्मेद्वारको नामको टुङ्गो लगाउन भनी डाकिएको बैठक विभाग गठन र भातृसंगठनको विवादले भांडिएको छ ।

मंसिर १४ गते हुने उप निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरिसकेको छ । उप निर्वाचनको लागि आयोगसँगै दिलहरु पनि तयारीमा जुटिरहेका छन् ।

सबै दलहरु तयारीमा जुटिरहँदा नेपाली कांग्रेस भने आन्तरिक विवादमा रुमलिएको छ । उम्मेदवार छनौट गरी उपनिर्वाचनका लागी जुट्नु पर्ने बेलामा कांग्रेस आन्तरिक द्वन्द्वमा फसेको छ ।

द्वन्द्वका कारण उपनिर्वाचन तयारीका लागि कात्तिक ७ गते बोलाइइएको केन्द्रीय समिति बैठक भांडिएको छ । संस्थापन पक्षले विभाग थप गर्ने प्रस्ताव पेश गर्न खोजेपछि बैठक भांडिएको हो ।

निर्वाचन तयारीका बेला विभागको प्रस्ताव पेश गर्नु अस्वभाबिक भएको संस्थापन इतर समुहका नेताहरु बताउँछन् । बिधानमा व्यवस्था भएको २८ विभाग नै गठन गर्न नसकेको अवस्थामा थप १४ बिभाग गठन गर्ने प्रस्ताव ल्याउनु आश्चर्यजनक भएको पौडेल पक्षका नेताहरु बताउँछन् ।

बिहिवारको बैठकमा उप निर्वाचनसम्बन्धी छलफल गरेर उमेदवार चयनका लागि जिम्मेवारी तोक्ने कार्यसूची भएपनि संस्थापन पक्षले बिधानमा व्यवस्था भएबिपरित ४२ बिभाग गठन गर्ने प्रस्ताब ल्याएको कारण बैठक प्रभावित भएको संस्थापन इतर समुहको भनाइ छ ।

तर संस्थापन पक्षका नेताहरु भने बिधानमा व्यवस्था भएको २८ बिभागले सवैलाई समेट्न नसकेका कारण विधानमै केन्द्रीय समितिले आवश्यक विभाग गठन गर्नसक्ने व्यवस्था भएको र सहमतिका आधारमा अघि बढ्न खोज्दा पौडेल पक्षले इन्कार गरेपछी विवाद बढेको संस्थापन पक्षका नेताहरु बताउँछन् ।

कांग्रेस भित्र सांगठनिक विषयलाई लिएर पुरानै विषयका विवादहरु उठिरहेका छन् । नेबिसंघ विवाद ८ महिनादेखि उस्तै छ । नेविसंघले तदर्थ समिति समेत पाउन सकेको छैन । तरुण दलले अझै पुर्णता पाउन नै सकेको छैन ।

बिधानमा व्यवस्था भएका २८ बिभाग पनि महासमिति बैठक सम्पन्न भएको करिव १० महिना सम्म पनि गठन हुन सकेका छैनन् । नेबिसंघ, तरुण दल लगाएतका भात्री संथाहरुको बारेमा निर्णय लिने भनेर बेला बेलामा केन्द्रीय समिति बैठकका ऐजेण्डा पेश भएपनि ठोस निश्कर्ष निस्कन सकेको छैन ।

महाधिवेसन आउन करिव १६ महिना बाँकि रहँदा नेपाली कांग्रेस भित्र बिभाग थप गर्ने सम्बन्धमा थप नयाँ बिबाद उत्पन्न भएको छ । उपनिर्वाचनको मुखमा पार्टी एक भएर विपक्षीसँग जुध्न तयार हुनेपर्ने बेलामा कांग्रेस पार्टी भित्र आफ्नै सँग जुधेर झन कमजोर हुने स्थिति देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);