सभापति देउवाको अभिव्यक्तिपछि कांग्रेस भित्र तरंग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभापति देउवाको अभिव्यक्तिपछि कांग्रेस भित्र तरंग

तेजना पण्डित
काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा पार्टी भित्रैको अन्तर्घातले जित हासिल गर्न नसकेको सार्वजनिक अभिव्यक्ति दिएपछि कांग्रेस भित्र तरंग ल्याएको छ ।

अन्तर्घातका कारण सोचे जति सिट नआएको अभिव्यक्ति दिएका सभापति देउवाले अन्तर्घात गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिनु भएको छ तर कहाँ कहाँ अन्तर्घात भयो ? र कसकसलाई कारबाही गर्ने भन्नेबारे भने उहाँले केही खुलाउनु भएको छैन ।

५२ स्थानका लागि सम्पन्न उपनिर्वाचनमा कांग्रेसले १३ स्थानमै चित्त बुझाउनु परेको थियो । सत्तारुढ दल नेकपाले ३० स्थानमा जितेको थियो । निर्वाचन परिणामको यो विषयले कांग्रेस भित्र अहिले अन्तर कलह सृजना भएको छ ।

यही विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ गते बस्दैछ । कांग्रेसले यस अघि जितेका इन्द्रावती ८ सिन्धुपाल्चोक, फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरामा समेत उपनिर्वाचनमा कांग्रेसले पराजय व्यहोरेको छ ।

कांग्रेसले पराजय भोगेको ठाउँमा नेकपाले विजय हासिल गरेको छ । यही पराजयलाई सभापति देउवाले पार्टी भित्रको अन्तर्घातको संज्ञा दिनु भएको छ । महङ्गी, भ्रष्टाचार, करको दर बढेर जनता निराश हुँदा पनि कांग्रेसले जित हासिल नगर्दा सभापतिको अभिब्यक्ती आउनु स्वभाविकै भएको कांग्रेसका नेता भिमसेनदाश प्रधानको बुझाइ छ ।

चुनाव अघि होस या पछि कांग्रेस भित्र रहेको गुट उपगुट व्याप्त नै छ । उपनिर्वाचनको बेला यो गुट अझ बढेको कांग्रेसी नेताहरु नै बताउँछन् । एक पक्षले टिकट नपाएपछी चुनावमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराउनका लागी अन्तर्घात हुने गरेको कारण यसअघि पनि देखिएकै हो ।

निर्वाचनमा उम्मेदवार तोक्न भएको ढिलाई, उम्मेदवार बनाइएका व्यक्ति पनि हारको कारण हुन सक्छ भन्दै कांग्रेस अनुशासन आयोगका सदस्य धनराज गुरुङ निर्वाचनको समीक्षा हुनुपर्नेमा जोड दिनु हुन्छ ।

तीन तहमा ५२ स्थानका लागि भएको उपनिर्वाचनमा प्रमुख विपक्षी दल कांग्रेसले १३ स्थानमा मात्र जित हासिल गरेको थियो । निर्वाचन लगत्तै निष्पक्ष निर्वाचन भएको भनेर पत्रकार सम्मेलन गरेको कांग्रेस यतिबेला अन्तर्घात भएको देख्दैछ ।

यिनै विषयमा छलफल गर्न २६ गते केन्द्रीय समिति बैठक बोलाइनु र अहिले पार्टी सभापति देउवाबाट अन्तर्घात भएको अभिव्यक्ति आउनुले कांग्रेस भित्र गुट उपगुटको भुसको आगो दन्किएको छ भनेर बुझ्न कठिन देखिंदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);