बाँकेको कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बाँकेको कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी

banke

कोहलपुर, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएर घाइते बनाएपछि तनावग्रस्त बनेको कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की बालिका सख्त घाइते भएकी थिइन् । उनको उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालकलाई जोगाउन खोजेको भन्दै आक्रोशित आफन्त, विद्यार्थी र स्थानीयवासीले ट्रकलाई घेरा हाली जलाइदिएका थिए । प्रदर्शनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

झडपमा केही बिद्यार्थी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेमराज शाही सहित ९ जना प्रहरी घाईते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न खोजेपछि झडप भएको थियो । स्थिति नियन्त्रणभन्दा बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);