कोहलपुर तनावग्रस्त : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ९ प्रहरी सहित केही बिद्यार्थी घाईते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कोहलपुर तनावग्रस्त : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ९ प्रहरी सहित केही बिद्यार्थी घाईते

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएर घाइते बनाएपछि कोहलपुर क्षेत्र तनावग्रस्त बनेको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की बालिका सख्त घाइते भएकी हुन ।

उनको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई जोगाउन खोजेको भन्दै आक्रोशित आफन्त, अन्य विद्यार्थी र स्थानीयवासीले ट्रकलाई घेरा हाली जलाइदिएका थिए ।

banke

प्रदर्शनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो । झडपमा केही बिद्यार्थी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेमराज शाही सहित ९ जना प्रहरी घाईते भएका छन् ।

प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न खोजेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);