इलामको स्थानीय तहमा कर्मचारी अभाव, ५० जना दरबन्दीमा ६ जना मात्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इलामको स्थानीय तहमा कर्मचारी अभाव, ५० जना दरबन्दीमा ६ जना मात्र

maai nagarpalika ilam

इलाम, २२ मंसिर । कर्मचारी व्यवस्थापन हुन नसक्दा अहिले धेरै स्थानीय तहहरुमा कर्मचारी अभाव रहँदै आएको छ । हुन त प्राय सबै स्थानीय तहमा कर्मचारी अभाव नै रहेको बताइन्छ । यस्तै कर्मचारी समस्या रहेको नगरापालिका हो इलामको माई नगरपालिकाका जहाँ एक्ला कर्मचारीले आठजनाको काम गर्दछन् ।

स्थानीय तहहरुमा कर्मचारी अभावका कारण सर्वसाधारणहरुले सेवा प्राप्तिका लागि समस्या भोग्दै आएको कुनै अनौठो कुरा होइन । तर १ कर्मचारीले नै ८ कर्मचारीको कार्य सञ्चालन गरिरहेको कुराले भने सबैलाई अचम्मित बनाउन सक्छ । इलामको माईनगरपालिकाका १ कर्मचारीले ५ वडा सचिव र नगर कार्यपालिकाका ३ वटा फाँटको जिम्मेवारी एक्लैले पूरा गर्नुपर्ने बाध्यता रहेको छ । नगरपालिकका कर्मचारी केशव खनाल कार्यपालिका र वडा कार्यालयको काममै बिहान उठेदेखि राती अबेरसम्म व्यस्त रहनु हुन्छ ।

खरिदार पदका स्थायी कर्मचारी रहनुभएका खनालले अहिले नगर कार्यपालिकाभित्र योजना, जिन्सी र प्रशासन शाखाको सम्पूर्ण जिम्मेवारी सम्हालिरहनु भएको छ । हाल यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृतको दरबन्दी समेत खाली छ । लेखा अधिकृतको नेतृत्वमा कार्यालय सञ्चालन हुँदै आएको छ । कर्मचारी समायोजनले गर्दा भएका कर्मचारी सरुवा भएर गएका छन् भने अन्य कर्मचारी आएका छैनन् ।

नगरपालिकामा ५० जना स्थायी कर्मचारीको दरबन्दी भएकोमा जम्मा ६ जना मात्र स्थायी कर्मचारी छन् । १० वटा वडा रहेको यो नगरपालिकामा करारसहित कार्यरत कर्मचारीको संख्या २५ छ जसमा ३ सवारी चालक र १० कार्यालय सहयोगी रहेका छन् । यसरी जनताको सेवाका लागि प्रत्यक्ष संलग्न हुनुपर्ने निकायमा नै कर्मचारी अभावले १ कर्मचारीले ८ कर्मचारीको काम गर्नु पर्दा सिहंदरबारको अधिकार गाउँगाउँ भन्ने नाराले कसरी सार्थकता पाउला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);