कर्मचारी समायोजनको मार स्थानीय तहमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कर्मचारी समायोजनको मार स्थानीय तहमा

karmachari

काठमाडौं, ४ बैशाख । नुवाकोटको किस्पाङ गाउँपालिकाको तीनवटा वडा हेर्ने जिम्मेवारी पाउनुभएका एक सचिवले कर्मचारी समायोजनको आवेदन दिँदा संघ नै रोजेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ती कर्मचारी समायोजनपछि अहिले गाउँपालिकामा कर्मचारी अभाव भएको छ ।

कर्मचारी समायोजनले स्थानीय तहमा अपुग कर्मचारी पदपूर्ति गर्नुपर्ने थियो । तर, भएका कर्मचारी पनि संघमै समायोजन भएपछि अहिले स्थानीय तहमा अपुग कर्मचारीको संख्या झनै बढेको छ । समायोजनमा कर्मचारीले दुर्गम स्थान छाडेका छन् ।

सुगम रोजेर उनीहरू अन्यन्त्र जाँदा दुर्गमका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव भएका छन् । किस्पाङ गाउँपालिकाको यो सन्दर्भ यसको एउटा नमुना मात्र हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);