सप्तरीमा गोली लागेर तीनको मुत्युपछि आज विहानैदेखि राजविराज तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सप्तरीमा गोली लागेर तीनको मुत्युपछि आज विहानैदेखि राजविराज तनावग्रस्त

दिवाकर शाह,२४ फागुन, सप्तरी ।
प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट सप्तरी मलेठका रञ्जन मेहताको मृत्यु भएको छ । प्रहरीको गोलीबाट अन्य १२ जना घाइते भएका छन् । नेकपा एमालेको कार्यक्रम सकिए लगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको

सप्तरीमा गोली लागेर तीनको मुत्युपछि आज विहानैदेखि राजविराज तनावग्रस्त

दिवाकर शाह,२४ फागुन, सप्तरी ।
प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट सप्तरी मलेठका रञ्जन मेहताको मृत्यु भएको छ । प्रहरीको गोलीबाट अन्य १२ जना घाइते भएका छन् । नेकपा एमालेको कार्यक्रम सकिए लगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव एक सय मिटर पर प्रहरीको गोली लागेर मेहताको मृत्यु भएको हो । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०÷२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ–ठाउँमा अवरोध गरेका थिए ।

 

उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो । यसैवीच सप्तरीमा सोमवार भएको गोली काण्डको विषयलाई लिएर विहानैदेखि मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन गरिरहेका छन् । स्थानीय शान्ति समितीको कार्यालयमा आगजनी भएको छ भने सो क्रममा स्थितीलाई नियन्त्रणमा लीन प्रहरीले एक राउण्ड हवाई फायरका साथै दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ । हिजो गोली लागेर घाईते भएका मध्य विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारारत दिग्मवर यादवको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);