लोडसेडिङ्ग मुक्त रामेछापमा विद्युत नियमित नहुँदा उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

लोडसेडिङ्ग मुक्त रामेछापमा विद्युत नियमित नहुँदा उपभोक्ता मारमा

सुमित श्रेष्ठ
फागुन २४, रामेछाप ।
रामेछाप जिल्लालाई चार वर्ष पहिले लोडसेडिङ्ग मुक्त घोषणा गरिएको भए पनि विद्युत नियमित हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । विद्युत नियमित नहुँदा स्थानीय उद्योग कलकारखाना, विद्युतीय व्यवायीहरु र स्वास्थ्य सेवा समेत प्रभावित

लोडसेडिङ्ग मुक्त रामेछापमा विद्युत नियमित नहुँदा उपभोक्ता मारमा

 

सुमित श्रेष्ठ फागुन २४, रामेछाप । रामेछाप जिल्लालाई चार वर्ष पहिले लोडसेडिङ्ग मुक्त घोषणा गरिएको भए पनि विद्युत नियमित हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । विद्युत नियमित नहुँदा स्थानीय उद्योग कलकारखाना, विद्युतीय व्यवायीहरु र स्वास्थ्य सेवा समेत प्रभावित बनेको छ ।

 

रामेछापको सदरमुकाम मन्थली र आसपालका क्षेत्रमा तामाकोसीबाट लिफ्टिङ्ग गरेर खानेपानीको वितरण गरिएको र खानेपानीको बैकल्पिक श्रोत नभएकाले विद्युत नहुँदा खानेपानीको समेत हाहाकार भएकोे छ । मन्थली र आसपासको क्षेत्रमा खानेपानीको वैकल्पिक श्रोत नहँुदा तामाकोसीबाट लिफ्ट गरि तानेको पानीमा निर्भर रहेको छ रामेछापको सदरमुकाम मन्थली ।

 

बत्ति दिनमै पटक–पटक आउने जाने समस्याले दिक्क भएका उपभोक्ताहरु विद्युत नियमित गर्न माग गर्दै पटक–पटक जिल्ला विद्युत प्राधिकरण रामेछापमा डेलिगेसन समेत गएका छन् । विद्युत प्राविधरणका कर्मचारीहरुले राम्रो काम नगरकाले विद्युत नियमित हुन नसकेको उपभोक्ताको आरोप छ ।

 

विद्युत प्राविधकरण रामेछाप वितरण केन्द्रल् भने विद्युतको लाइन लामोसाँघुबाट ल्याइएकाले लामो दुरीको कारण सस्या आएको बताउँदै आएको छ । ४ दिनदेखि बत्ति नहुँदा स्थानीय सञ्चार मिडियाहरु समेत बन्द हुनुका साथै उद्योग ब्यवासाय समेत चौपट भएको छ । सदरमुकाम मन्थलीका स्थानीय खानेपानी लिनको लागि सिन्धुली जिल्लाको खुर्कोट सम्म पुग्ने गरेको बताउँ छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);