तनावग्रस्त सप्तरीको राजविराजमा प्रहरीको गोली लागि तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

तनावग्रस्त सप्तरीको राजविराजमा प्रहरीको गोली लागि तीन जनाको मृत्यु

२३ फागुन सप्तरी ।
विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहताको मृत्यु भएको छ । प्रहरीको गोलीबाट अन्य १२ जना घाइते भएका छन् । नेकपा एमालेको

तनावग्रस्त सप्तरीको राजविराजमा प्रहरीको गोली लागि  तीन जनाको मृत्यु

२३ फागुन सप्तरी । विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहताको मृत्यु भएको छ । प्रहरीको गोलीबाट अन्य १२ जना घाइते भएका छन् । नेकपा एमालेको कार्यक्रम सकिए लगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव एक सय मिटर पर प्रहरीको गोली लागेर मेहताको मृत्यु भएको हो ।

 

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०÷२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ–ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो । अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);