ट्रम्पका समर्थक र ब्ल्याक लाइभ्स म्याटर समूहबीच झडप १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ट्रम्पका समर्थक र ब्ल्याक लाइभ्स म्याटर समूहबीच झडप १ जनाको मृत्यु

एजेन्सी,१४ भदाै । अमेरिकाको पोर्टल्याण्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र रंगभेद विरुद्ध आन्दोलन गरिरहेका ब्ल्याक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारीबिच झडप हुँदा १ जनाको मृत्यु भएको छ । पोर्टल्याण्डमा दुई समूहबिच भएको झडपको क्रममा चलेको गोली लागेर एकजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले मृत्यु हुने व्यक्तिको पहिचान खुलाएको छैन । ती व्यक्तिको मृत्यु झडप भएकै स्थानमा चलेको गोली लागेर भएको हो वा अन्य स्थानमा चलेको गोली लागेर भन्ने पनि प्रहरीले खुलाएको छैन । पोर्टल्याण्डमा पछिल्ला हप्ताहरुमा लगातार जस्तो रंगभेदविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

गएको मे २५ मा प्रहरीको ज्यादतीका कारण निहत्था अश्वेत नागरिक जर्ज फ्लोइडको मिनेशोटाको मिनियापोलिसमा निधन भएपछि अमेरिकाका विभिन्न शहरहरुमा प्रहरीको ज्यादती र रंगभेदविरुद्ध प्रदर्शन भइरहेको छ ।ट्रम्पका समर्थकहरुले रंगभेदविरोधी आन्दोलनको विरोधमा प्रदर्शन गर्न थालेपछि अवस्था थप तनावग्रस्त बन्न थालेको हो । पोर्टल्याण्डमा केही दिन यता ट्रम्प समर्थकहरुले लगातार प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);