अमेरिकाको न्यू मेक्सिकोमा गोली चल्यो, तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाको न्यू मेक्सिकोमा गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी, २ जेठ । अमेरिकामा फेरी गोली चलेको घटना बाहिर आएको छ । न्यू मेक्सिकोको फार्मिङ्टनमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । एपी समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै गोली चलाउने संदिग्धको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

सहरको प्रहरी विभागले एक फेसबुक पोस्टमा भने कि गोलीबारीमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो र ती अधिकारीहरूले घटनास्थलमा गोली हानाहानमा एक संदिग्धलाई मारे । प्रहरीका अनुसार गोली लागेर घाइते भएका प्रहरीसहित अन्यलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले गोली चलाउनुको कारण र मृतक वा घाइतेको नाम भने खुलाइएको छैन । प्रहरीले शंकास्पद व्यक्तिको पहिचान नखुलेको र अहिले अन्य कुनै खतरा नरहेको बताएको छ । यसैबीच गोलीबारीको घटनापछि सहरका विद्यालय बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);