अमेरिकामा गोली चल्दा एक नेपालीसहित तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

अमेरिकामा गोली चल्दा एक नेपालीसहित तीनको मृत्यु

maryland shooting

काठमाडौं, ६ असोज । अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्।

अमेरिकाको बाल्टिमोरमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा  हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो । घटनामा नेपाली नागरिक पूर्ण आचार्य घाइते भएका छन्।

कम्पनीको विरण केन्द्रमा संगै पार्ट टाइम काम गर्ने एक जना २६ बर्षीया महिला स्नोचीया मोज्लीले गोली चलाएको प्रहरीले जनाइएको छ। अरुलाई गोली हानेर हत्याराले आफैलाई पनि गोली हानेको बताइएको छ। हमलाकारी ती महिलालाई प्रहरीले घाइते अवस्थामा अस्पताल लागेको र अस्पताल मै मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार