टेक्ससमा गोली चल्दा बन्धुकधारी सहित २७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एजेन्सी, २० कार्तिक। अमेरिकी राज्य टेक्ससको एक चर्चमा गोली चल्दा २६ जना अमेरिकी नागरिकको ज्यान गएको छ। टेक्ससको सदरल्याण्ड स्प्रिङ्स नामक सानो नगरमा भएको उक्त घटनामा बन्दुकधारीको पनि मृत्यु भएको हो।

गिर्जाघरमा बिहानीको प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेको ठानिएको छ। त्यसपछि बन्दुकधारीले गोली चलाएका थिए। एकजना प्रत्यक्षदर्शीले लगातार २० राउण्ड गोली चलाइएको बताएका छन्।ज्यान गुमाउनेमा बालबालिका पनि छन् र उक्त गिर्जाघरका पास्टरकी १४ वर्षीया छोरीको पनि मृत्यु भएको छ।

करिब २० जना घाइते भएका छन् र त्यसमध्ये कतिपयलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।प्रहरीले सन्दिग्ध हमलाकारी तीव्र गतिमा कार चलाएर भागेको र नजिकैको काउन्टीमा उनलाई प्रहरीले घेरा हालेको उल्लेख गरेका छन्।

सन्दिग्ध हमलाकारीको पनि मृत्यु भएको जनाइएको छ तर उनले गोली चलाएर आफ्नो ज्यान आफैंले लिएको वा प्रहरीले मारिदिएको हो भन्ने प्रष्ट भएको छैन्। आक्रमणको कारण थाहा हुन नसकेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी इतिहासकै सबैभन्दा खराबमध्येको गोलीकाण्डमा लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा ५८ जनाले ज्यान गुमाएको झण्डै महिना दिनपछि त्यस्तै प्रकृतिको पछिल्लो घटना भएको हो। ।ू

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);