हेलिकप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एजेन्सी, २० कार्तिक। साउदी अरबका राजकुमार मन्सुर बिन मुकरिनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । मुकरिन पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

मुकरिन र उच्च सरकारी अधिकारीहरु हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसी जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकाहरुको बैंक खाता समेत रोक्का गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);