मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

mexican military helicopter

एजेन्सी, १२ जेठ । मेक्सिकोमा एक सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कुएरेटारो राज्यस्थित हाल्पान डे सिएर्रा शहरबाट ८५ किलोमिटर उत्तरमा मेक्सिकन नौसेनाको हेलिकाप्टर दुर्घटनामा परेको हो ।

जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने अभियानमा रहेका बेला उडान भरेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको मेक्सिकन अधिकारीले जनाएका छन् । हेलिकोप्टर दुर्घटना हुनुको कारण स्पष्ट भइनसकेको जनाइएको छ । दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीले जनाएका छन् ।