उत्तर कोरीयाली रकेट परिक्षणबाट बिचलित नभएको ट्रम्पको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उत्तर कोरीयाली रकेट परिक्षणबाट बिचलित नभएको ट्रम्पको टिप्पणी

trump tariffs

एजेन्सी, १२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली रकेट परीक्षणबाट आफू विचलित नभएको टिप्पणी गरेका छन् । जापान भ्रमणमा रहेका ट्रम्पले ट्वीटमार्फत उत्तरको मिसाइललाई साना हतियार भन्दै यसबाट केहीलाई बाधा परे पनि आफुलाई भने केही नगरेको उल्लेख गरेका छन् ।

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको निशस्त्रीकरणको प्रतिबद्धताप्रति आफु विश्वस्त रहेको जनाएका छन् । उनले आफूसँग गरेको बाचा कायम राख्नेमा समेत आफू विश्वस्त रहेको ट्रम्पको भनाई छ । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रस्तावना उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले पनि उत्तरकोरियाले गरेको हतियार परिक्षणप्रति बिरोध गर्दे आएका छन । राष्ट्रपति ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनबीच यसअघि पनि भेनेजुयला र इरानसँगको सम्बन्ध लगायतका विदेश नीतिका विषयमा मत विभाजित भएको थियो ।

जापान भ्रमणका क्रममा ट्रम्पले प्रधानमन्त्री आबेसंग उत्तर कोरियाली गतिविधिबारे समेत छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही साताअघि उत्तर कोरियाले दुई रकेट परीक्षण गरेको थियो ।

trump tweet nk

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);