उत्तर कोरियाद्वारा सुरहे क्षेत्रमा रहेको भूउग्रह प्रक्षेपण परीक्षणस्थल नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उत्तर कोरियाद्वारा सुरहे क्षेत्रमा रहेको भूउग्रह प्रक्षेपण परीक्षणस्थल नष्ट

racket

काठमाडौं, ८ साउन । उत्तर कोरियाले देशको उत्तर–पश्चिम क्षेत्रमा रहेको एउटा महत्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको छ ।

अमेरिकास्थित निरीक्षण समूह ३८ उत्तरले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार उत्तर कोरियाले परिक्षण स्थल नष्ट गरिरहेको छ । अमेरिकासँग गत जुन महिनामा गरेको वाचा पूरा गर्न उत्तर कोरियाले आणविक केन्द्रहरु नष्ट गर्ने अभियानलाई तिब्र पारेको हो । उत्तर कोरियाली नेता किम जङ उनले एउटा रकेट इञ्जिन परीक्षण केन्द्र नष्ट पार्ने वाचा गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

तर कुन केन्द्र नष्ट गरिने भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन । उत्तर कोरियाले सुरहे एउटा भूउग्रह प्रक्षेपण केन्द्र भएको बताउने गरेको छ । तर अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले त्यहाँबाट बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने गरेको आशंका गर्दै आएका छन् । गत महिना सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमले कोरियाली प्रायःद्वीपलाई पूर्ण रुपमा निरस्त्रीकरण पार्ने दिशामा काम गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए ।

सोमबार मात्रै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा भइरहेको प्रगतिलाई लिएर आफू निकै खुशी भएको बताएका थिए । यसअघि गत मेमा उत्तर कोरियाले आफ्नो एकमात्र पारमाणविक परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारेका विवरण सार्वजनिक भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);