मोदीले बिहीवार दोश्रो कार्यकालको लागि प्रधानमन्त्रीको शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मोदीले बिहीवार दोश्रो कार्यकालको लागि प्रधानमन्त्रीको शपथ लिने

स्थानीय समयानुसार बिहीवार साँझ ७ बजे मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यले पद तथा गाेपनियताकाे सपथ लिने

एजेन्सी, १३ जेठ । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । सो पार्टीका संसदीय दलका नेता चयन भएका नरेन्द्र मोदीले नै सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।

मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् । बिहीबार साँझ मोदीले प्रधानमन्त्री पदको शपथ लिने तय भएको भारतीय संचारमाध्यमले जनाएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ ।

स्थानीय समयानुसार बिहिवार साँझ ७ बजे मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यको सपथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०१४ मा पहिलो कार्यकाल सम्हालेका मोदीले त्यतिबेला आफ्नो शपथग्रहण कार्यक्रममा सार्क मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);