बम बिष्फोटनमा परी अफगानिस्तानमा १० सैनिक सहित १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बम बिष्फोटनमा परी अफगानिस्तानमा १० सैनिक सहित १४ जनाको मृत्यु

एजेन्सी, १३ जेठ । अफगानिस्तानमा भएको बम विष्फोटमा १० जना सैनिक सहित १४जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा सडक छेउ राखिएको बम विष्फोट हुँदा उनीहरुको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले जनाएका छन् ।

तलब बुझेर बख्तरबन्द गाडीमा फर्किँदै गरेका सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको जनाइएको छ । आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ ।

त्यसबाहेक तालिबानले मुलुकका विभिन्न स्थानमा गरेका आक्रमणमा ४ प्रहरीको ज्यान गएको अधिकारीले जनाएका छन् ।तालिबानको आक्रमणमा अन्य २२ जना घाइते भएका छन् । तालिबान लडाकुले पछिल्ला केही समययता सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);