अफगानिस्तानमा विवाह समारोहलाई लक्षितगरी आत्मघाती बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानमा विवाह समारोहलाई लक्षितगरी आत्मघाती बम विस्फोट

Kabul

एजेन्सी, १ भदौ । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम बिस्फोट गराइएको छ ।

एउटा विवाह समारोहमा लक्षित गरी भएको बिस्फोटमा परेर २० भन्दा धेरै मानिस घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घाइतेमध्ये अधिकांसको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिस्फोटको हालसम्म कसैले पनि जिम्मा लिएको छैन । प्रत्यक्षदर्शीका अनुसार विवाहको समारोहमा उपस्थित पाहुनालाई लक्षित गरी बम बिस्फोट गराइएको थियो । पछिल्ला दिनमा अफगानिस्तानमा निरन्तर बम बिस्फोटका घटनाहरु भइरहेका छन् ।

यही महिनामा एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । उक्त हमलाको जिम्मा तालिवानी लडाकू समूहले लिएको थियो । अफगानिस्तानमा अमेरिका र तालीवानी बिद्रोहीबीच युद्धबिरामका लागि वार्ता चलिरहेको भएपनि आतंकबादी हमलाका श्रृंखला रोकिएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);