पाकिस्तानको क्वेटा शहरमा बम बिस्फोट, ४ को मृत्यु, ११ घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पाकिस्तानको क्वेटा शहरमा बम बिस्फोट, ४ को मृत्यु, ११ घाइते

एजेन्सी । पाकिस्तानको क्वेटा शहरस्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा बुधबार राति बम बिस्फोट भएको हो । आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूतलाई निशाना बनाउन उक्त बिस्फोट गराएको हुनसक्ने बताइएको छ ।

सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका थिए, तर आक्रमणका बेला उनी त्यहाँ नरहेको पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । राजदूत नोङ्ग रोङ्ग सुरक्षित रहेकोबारे पनि मन्त्री शेख रशिद अहमदले बताएका छन् ।

बिस्फोटक पदार्थले भरिएको कार होटलको पार्किंग क्षेत्रमा गएर बिस्फोट गराइएको अधिकारीहरुको भनाई छ । आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);