सिरियामा कार बम बिस्फोट, १३ जनाको मृत्यु, २० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

सिरियामा कार बम बिस्फोट, १३ जनाको मृत्यु, २० जना घाइते

SERIYA

एजेन्सी, १७ कात्तिक ।  सिरियाको उत्तरी शहर तल अब्यादमा कार बम बिस्फोट भएको छ । शनिबार भएको उक्त कार बिस्फोटमा परि १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टर्की समर्थित लडाकुहरु र सर्वसाधारण रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटको जिम्मा कसैले नलिएपनि टर्कीको रक्षा मन्त्रालयले भने मिलिशिया समूह पीपुल्स प्रोटेक्सन युनिट्सले बिस्फोट गराएको आरोप लगाएको छ । गत महिना अमेरिकी सेना फिर्ता भएलगत्तै टर्किस सेनाले उत्तरी सीमामा कुर्द नियन्त्रित सीमा क्षेत्रमा आक्रमण गर्न थालेको छ ।