अफगानिस्तानमा तालिवानी लडाकूको आक्रमण, तीन जनाको मृत्यु, सात जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अफगानिस्तानमा तालिवानी लडाकूको आक्रमण, तीन जनाको मृत्यु, सात जना घाइते


एजेन्सी, १७ कार्तिक । अफगानिस्तानको उत्तरी कुजुन प्रान्तमा तालिवानी लडाकूको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । अफगान सीमा बलका सुरक्षा अधिकारीलाई लक्षित गरी भएका छुट्टाछुट्टै आक्रमणमा गरिएको हो ।

खनाबाद जिल्लामा तालिवानी लडाकू समूहले विस्फोटक पदार्थ राखिएको कार सुरक्षा कमाण्डरसामु बिस्फोट गराएको समाचारमा जनाइएको छ । गस्तीमा रहेका सुरक्षाकर्मीमाथि लक्षित गरी कार बम बिस्फोट गराएको समाचारमा जनाइएको छ ।

यस्तै अर्को आक्रमण मोर्टार खोल प्रान्तको गभर्नर कार्यालय नजिकै भएको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानको कुद्ज र तखरा प्रान्तमा हालैका वर्षहरुमा तालिवानी लडाकू र सरकारी सुरक्षाकर्मीहरुबीच विभिन्न आक्रमण र झडपका घटनाहरु भइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);