अफगानिस्तानमा कार बम विष्फोट : २० जनाको मृत्यु, ९० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अफगानिस्तानमा कार बम विष्फोट : २० जनाको मृत्यु, ९० जना घाइते

afagansthan accident

एजेन्सी, ३ असोज । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवन लक्षित कारबम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ९० जना घाइते भएका छन् । बिहीबार राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको उक्त कारबम विष्फोटमा सोही स्थानमा रहेको जाबुलको क्षेत्रीय अस्पताल ध्वस्त भएको छ ।

मृत्यु हुने अधिकांश अस्पतालका बिरामी तथा चिकित्सकहरु रहेको बताइएको छ । बम विष्फोटको जिम्मा तालिबान लडाकू समूहले लिएको छ । तालिबानका प्रवक्ता, कारी यसुफ अहमदीले विष्फोटको जिम्मा लिँदै उक्त आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको बताएका छन् । अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुईवटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);