अफगानिस्तानको शिक्षण संस्थामा आत्मघाती हमला, १८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानको शिक्षण संस्थामा आत्मघाती हमला, १८ जनाको मृत्यु

एजेन्सी, ९ कार्तिक । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

शनिबार वेलुका उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थामा बिस्फोट भएको हो । उक्त बिस्फोटमा दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

घटनामा घाइते भएकाहरुलाई स्थानीय अस्पताल लगिएको छ । घाइते मध्ये केही गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो । पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ । धेरैजसो आक्रमण तालिबानले गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);