अफगानिस्तानमा कार बम विस्फोट, १७ को मृत्यु, २१ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा कार बम विस्फोट, १७ को मृत्यु, २१ जना घाइते

eid car blast

एजेन्सी , १६ साउन । अफगानिस्तानको लोगार प्रान्तमा आत्मघाती कार बम विस्फोटमा परि १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा शुक्रबार एकजना आत्माघाति चालकले कार विष्फोट गराउदा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मुस्लिमहरुको पर्व इदको लागि पुली आलम बजारमा किनमेलमा व्यस्त सर्वसाधारण माझ विष्फोट हुँदा २१ जना घाइते भएको बताइएको छ । तालिवान विद्रोहीले इद पर्वका लागि शुक्रबारदेखि ३ दिनसम्म युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो ।

अमेरिकाको सक्रियतामा अफगान सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तािलवानले उक्त विष्फोटमा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);