अब विश्वले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्छ : विश्व स्वास्थ्य संगठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब विश्वले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्छ : विश्व स्वास्थ्य संगठन

WHO warns

एजेन्सी,१६ साउन । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अब विश्वले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएको छ । डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोहम ग्रेब्रेयाससले अब विश्वले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताउनु भएको हो ।

गेब्रेयाससले सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्ने र आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि सावधानी अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्नुभयो।

यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै साउदी सरकारले उदाहरण पेश गरेको उहाँको भनाइ छ। कोरोनाले युवालाई पनि खतरा हुनसक्ने उल्लेख  गर्दै डब्ल्युएचओ प्रमुख ग्रेब्रेयाससले आफ्नो संगसंगै अरुको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);