भारतको पन्जाबमा नक्कली रक्सी सेवन गरेका ३८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतको पन्जाबमा नक्कली रक्सी सेवन गरेका ३८ जनाको मृत्यु

एजेन्सी, १७ साउन । भारतको पन्जाबमा नक्कली रक्सी सेवन गरेका ३८ जनाको मृत्यु भएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी सेवन गरेका ३८ जनाको मृत्यु भएको हो ।

भारतीय संचार माध्यमका अनुसार नक्कली रक्सी पिएका उनीहरुमा वान्ता हुने, रिगटा लाग्ने र वेहोस हुने लक्षण देखिएको बताएका छन् । घटनालाई लिएर मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसक्नुभएको छ ।

उहाँले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताउनुभएको छ । यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्यान गएको छ ।

रक्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);