अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

trump tiktok

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । टिकटकको प्रयोगले निजी सुचना र तथ्यांक चीनको हातमा पुग्न सक्ने र अमेरिकी सुरक्षाको चुहावट हुनसक्ने भन्दै राष्ट्रपति ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले यस सम्बन्धि कार्यकारी आदेशमा चाडै हस्ताक्षर हुने स्पष्ट गर्नु भएको छ । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक अहिले विश्वभर नै लोकप्रिय भइरहेको छ । अमेरिकामा मात्र टिकटकको ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।

नाच र हास्य मिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण संकलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले आशंका व्यक्त गरेका थिए ।

बाइट डान्स कम्पनीले भने उक्त आशंकालाई निराधार र गलत भन्दै आएको थियो । भारतले पनि आफ्नो मुलुकमा टिकटक प्रयोगमाथि रोक लगाइ सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);