अमेरिकामा आजदेखि टिकटक र वीच्याट पूर्णरुपमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकामा आजदेखि टिकटक र वीच्याट पूर्णरुपमा प्रतिबन्ध

एजेन्सी, ४ असोज । आजदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो ।

ट्रम्प प्रशासनले यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्ने र राष्ट्रिय सुरक्षालाई पनि जोखिममा पारिरहेको भन्दै प्रतिबन्ध लगाएको बताएको बीबीसीले जनाएको छ । आजदेखि वीच्याट, मेसेजिङ एप पूर्ण रुपमा बन्द हुनेछ भने टिकटक चाहिँ नयाँ अपडेट डाउनलोड नगरि नोभेम्बर १२ सम्म चलाउन सकिनेछ ।

टिकटकले यो विषयमा अमेरिकी वाणिज्य विभागसँग निराश भएको प्रतिक्रिया दिएको छ र सुरक्षा सम्बन्धी ट्रम्प प्रशासनको चिन्तालाई ध्यानमा राख्दै कम्पनीको पारदर्शीता बढाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । यता चीन र यी दुईवटै कम्पनीले अमेरिकाको सो आरोप गलत ठहर गरिरहेका छन् ।

वीच्याट एपको मालिक टेनसेन्ट कम्पनीले पनि उक्त प्रतिबन्ध दुर्भाग्यवश भएको र समस्याको दीर्घकालीन समाधानसम्म पुग्न अमेरिकी सरकारसँग छलफल जारी राख्ने जनाएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);