अमेरिकी अदालतद्वारा टिकटक एप प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकी अदालतद्वारा टिकटक एप प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि रोक

trump tiktok

एजेन्सी, १२ असोज । अमेरिकाको एउटा अदालतले चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । अमेरिकाको वासिङ्टनस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीश कार्ल निकोल्सले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनमाथि तत्कालका लागि रोक लगाउनु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार सोमबारदेखि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने अवस्था रहेको बेला अदालतले टिकटकको सञ्चालक कम्पनी बाइटडान्सको अनुरोधमा तत्कालका लागि प्रतिबन्ध नलगाउन फैसला सुनाएको हो । अब अदालतको अर्को आदेश नआउँदासम्मका लागि अमेरिकामा टिकटक प्रयोग गर्न पाइने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गर्नुभएको थियो । तर कम्पनीले भने एपका कारण कुनै पनि सुरक्षा खतरा नहुने भन्दै ट्रम्पको भनाईको खण्डन गरेको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् । अमेरिकामा मात्रै करिब ८ करोड टिकटकका प्रयोगकर्ता रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);