ट्रम्पमाथि आय कर नतिरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रम्पमाथि आय कर नतिरेको आरोप

एजेन्सी, १२ असोज । अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ । ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा पनि आय करवापत जम्मा ७ सय ५० डलर मात्रै तिर्नुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्बौका मालिक ट्रम्पले संघीय आयकर ७ सय ५० डलर मात्रै तिरेको खुलासा भएको टाइम्सको खबरलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष त आय कर नै तिर्नुभएको छैन । कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको जनाइएको छ ।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा रहनुभएका ट्रम्पमाथि मतदान हुन एक महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो । राष्ट्रपति ट्रम्पले भने उक्त समाचार झूठो भएको भन्दै आपत्ति जनाउनुभएको छ । ट्रम्पले खबरमा सत्यता नभएको र आफूले कर तिरेको दावी गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);