राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्र्याट्स सांसदद्वारा महाअभियोगको मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्र्याट्स सांसदद्वारा महाअभियोगको मुद्दा दायर

donald trump

एजेन्सी, २८ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रोपटक महाअभियोगको मुद्दा लागेको छ । डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा ट्रम्पमाथि गत साता क्यापिटल हिलमाथि भएको हमलाको आधारमा महाअभियोगको सोमबार मुद्दा दायर गरेका हुन् ।

महाअभियोग प्रस्तावमाथि केही दिनमा मतदान हुने बताइएको छ । यही जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता लिने तयारी भइरहेका बेला नौ दिनअघि ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको हो ।

डेमोक्र्याट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संविधान संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए ।

महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ । यसमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको टेलिफोनबारे पनि उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);