ट्रम्पमाथि महाभियोग लगाउन जो बाइडनद्वारा प्रत्यक्ष आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ट्रम्पमाथि महाभियोग लगाउन जो बाइडनद्वारा प्रत्यक्ष आह्वान

joe biden and trump

एजेन्सी, २३ असोज । सन २ हजार २० मा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्य्राटिक पार्टीका संभावित उम्मेदवार जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको सामना गर्न तयार रहन सचेत गराएका छन् ।

राष्ट्रपति ट्रम्पलाइ महाअभियोग लगाउन डेमोक्य्राट्स सांसदहरुले प्रक्रिया सुरुगरिसकेको अवस्थामा बाइडनले पहिलो पटक यसविषयमा प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचार माध्यम हरुले जनाएका छन् ।

न्यु ह्याम्पशायरमा समर्थकहरुलाइ सम्बोधन गर्दै बाइडनले ट्रम्प अवैधानिक बाटोमा लागेर न्यायप्रणालीलाइ प्रभावित गर्ने प्रयासमा रहेको आरोप लगाए । महाअभियोगको सामना गर्न डराएर ट्रम्पको निर्देशनमा ह्वाइट हाउसले महाअभियोगको छानविनमा सहयोग नगर्ने भएकोे पनि बाइडनको भनाइ थियो ।

गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको टेलीफोन कुराकानीमा ट्रम्पले सन् २ हजार २० मा हुने राष्ट्रपतीय निर्वाचनमा सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउन दवाव दिएको आरोप लगाउदै विपक्षीहरुले ट्रम्प विरुद्ध महाअभियोगको प्रक्रिया थालेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);