अमेरिकी राष्ट्रपति बाइडनद्वारा ‘घोस्ट गन’ प्रयोगमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अमेरिकी राष्ट्रपति बाइडनद्वारा ‘घोस्ट गन’ प्रयोगमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

एजेन्सी, २७ चैत । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी भएको र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय भइरहेको भन्दै बाइडनले कार्यकारी आदेश जारी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन ।

स्थानीयस्तरमा उत्पादन हुने ‘घोस्ट गन’ दर्ता नहुने भएकाले पत्ता लगाउन कठिन हुने जानकारहरु बताउँछन् । अमेरिकी नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानले सुनिश्चित गरेको छ । बाइडनले जारी गरेको यस सम्बन्धी कार्यकारी आदेशलाई कतिपयले आफ्नो संवैधानिक अधिकार हनन हुने ठानेका छन् । अमेरिकामा बन्दुकबाट हुने हिंसा टाउको दुखाइको विषय बनेको छ ।

एक कार्यक्रममा राष्ट्रपति बाइडनले अमेरिकामा बन्दुकबाट हरेक दिन १ सय ६ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । गत बुधबारमात्रै अमेरिकाको साइथ क्यारोलाइनमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी मार्च महिनामा भएको बन्दुक आक्रमणबाट १८ जनाको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);