अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारमाथि प्रतिबन्धको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारमाथि प्रतिबन्धको घोषणा

एजेन्सी , २९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका वरिष्ठ नेताहरुलाई हिरासतमा लिएको कदमको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाउनुभएको छ । अमेरिकाले म्यानमारमा भएको परिस्थितिको अनुगमन गरिरहेको, देशमा प्रजातन्त्र पुनस्र्थापनाका लागि सही कदम नचालेको भन्दै बाइडेनले नयाँ प्रतिबन्ध लगाउनुभएको हो ।

प्रतिवन्धसँगै अमेरिकी फण्ड रोकिने र सेनाको नेतृत्वलाई प्रतिबन्ध लाग्ने भएको छ । उहाँले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सत्ता कब्जामा लिने सेनाको नेतृत्वमाथि प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ । यो प्रतिबन्ध सेनाको नेतृत्व गरिरहेका व्यक्तिको परिवारका सदस्यमा पनि लागू हुने बीबीसीले जनाएको छ ।

राष्ट्रपति बाइडेनले यो हप्ता नै पहिलो चरणमा प्रतिबन्धमा परेका व्यक्तिहरुको सूची तयार पार्ने बताउनु भएको छ । साथै बाइडेनले अमेरिकाबाट म्यानमारमा हुँदै आएको निर्यात पनि रोक्ने र आवश्यक परे अतिरिक्त प्रतिबन्ध समेत लगाउने घोषणा गर्नु भएको छ ।

म्यानमारमा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको विश्वव्यापी रुपमा विरोध भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);