दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प

एजेन्सी, २९ माघ । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको हो ।

यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको र यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको बताइएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको छ ।

यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा भूकम्प गएको र सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);